मोटरसाइकलको ठक्करबाट कांग्रेस नेता भट्टको मृत्यु
१८ बैशाख कञ्चनपुर। कञ्चनपुरमा मोटरसाइकलको ठक्करबाट नेपाली कांग्रेसका नेता महेश्वर भट्टको मृत्यु भएको छ। भिमदत्त नगरपालिका–१८ का विरेन्द्र रावलले चलाएको म २ प ८३३३ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा साइकलमा सवार ६८ वर्षीय भट्टको मृत्यु भएको प्रहरीले जनाएको हो।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता डिएसपी प्रकाश डाँगीका अनुसार हार्डवेयरको पसल व्यवसाय गर्ने भट्ट घर फर्कने क्रममा दुर्घटनामा परेका थिए। गोबरैया बस्ने नेपाली कांग्रेस क्षेत्रीय प्रतिनिधि भट्टको उपचारका क्रममा धनगढीको एक अस्पतालमा मृत्यु भएको हो।