सन्राइज बैंक र अरोगिन हेल्थकेयर तथा अनुसन्धान केन्द्र बिच सम्झौता
२७ वैशाख, काठमाडौं । सन्राइज बैंकले आफ्ना ग्राहकरुलाई नयाँ र समय सापेक्षीक सेवाहरु प्रदानगर्दै आएको छ । सन्राइज बैंकले आफ्ना ग्राहक हरुको सहजता तथा सुविधालाई मध्यनजर गर्दै अस्पताल, रेष्टुरेन्ट तथाविभिन्न क्षेत्रमाविशेष छुट सहितका सुविधादिदैं आएको छ । त्यसै क्रममाबैंकले स्वास्थ्य क्षेत्रमा समेत विभिन्न छुट दिने उद्देश्यले काठमाडौको विशालनगरस्थितअरोगिन हेल्थकेयर तथाअनुसन्धान केन्द्रसंग सम्झौता गरेको छ ।
सन्राइज बैंक लिमिटेड तथाअरोगिन हेल्थकेयर बिच बैंककाग्राहकहरुलार्ई विशेष छुट प्रदानगर्ने सम्झौतापत्रमा हस्ताक्षर भएको हो । सम्झौताअनुसार बैंककाग्राहकहरुले यस बैंकको के्र्रडिट, डेबिट कार्ड, क्यू आरवामोवाइल बैंकिङ्ग र्अफत रोगिन हेल्थकेयर तथाअनुसन्धान केन्द्रका विभिन्न सेवा तथा उपचार सुविधाहरुमा ४५ प्रतिशत सम्मको छुट पाउन सक्ने जनाइएको छ । सम्झौतामा बैंकका कर्पोरेट मार्केटिङ प्रमुख विवेक निरौला र अरोगिन हेल्थकेयरका व्यवस्थापन प्रमुख जानुका विष्टले हस्ताक्षर गरेको बैंकले जनाएको छ ।