सन्राइज बैंकद्वारा चुरे र डडेल्धुरा बजारमा प्रहरी बिट निर्माण


Capital Headline
प्रकाशित मिति : सोमबार, जेष्ठ ८ २०८०
2K
SHARES

४  जेठ काठमाडौँ ।सन्राइज बैंकले संस्थागत सामाजिक  उत्तरदायित्वकार्यहरु गर्ने क्रममा सुदूूुरपश्चिमको भिमदत्तपन्त राजमार्ग अन्तर्गत चुरे गाउँपालिकार डडेल्धुरा बजार क्षेत्रमा सर्वसाधारण र त्यहाँचल्ने यातायातको सुरक्षाको लागि वडा कार्यालय र इलाकाप्रहरीसंग समन्वय गरी १–१ थानप्रहरी बिटनिर्माण गरेको छ । जेष्ठ ३ र ४ गतेआयोजित छुट्टा-छट्टै कार्यक्रमकाबीच बैंकका नायबमहाप्रबन्धक श्री रबिन कुमार नेपाल ज्यूले प्रहरी बिट हस्तान्तरण गर्नुभएको थियो ।

चुरे गाउँपालिकमा निर्मितप्रहरी बिट हस्तान्तरण कार्यक्रममा चुरे गाउँपालिकाका अध्यक्ष श्री चक्रबहादुुर बोगटी, इलाकाप्रहरी कार्यालय फलटुडे कैलालीका कार्यालय प्रमुख प्रहरी निरीक्षक श्री धर्म सिंह बिष्ट र चुरे गाउँपालिका वडा नं ३ का वडा अध्यक्ष श्री खगेन्द्र खडायतको उपस्थिति रहेको थियो । साथै आज आयोजित डडेल्धुराको सो कार्यक्रममा अमरगढी नगरपालिका वडा नं ५ का वडा अध्यक्ष श्री टंक बहादुर क्षेत्री र प्रहरी नायबउपरीक्षक श्री मनोहर प्रसाद भट्टकोे उपस्थितीमा प्रहरी बिट हस्तान्तरण गर्नुभएको थियो । प्रहरी नायब उपरीक्षक भट्टकाअनुसार बैंकले गरेको यो सहयोगले प्रहरी जाँचर राजमार्गमा यात्रागर्ने यात्रुहरुलाई सुरक्षा र सहजताहुने विश्वास लिएको छ ।