रुपन्देहीमा करेन्ट लागेर मजदुरको मृत्यु
Capital Headline
प्रकाशित मिति :
बुधबार, जेष्ठ १० २०८०
2.8K
SHARES
१० जेठ बुटवल । रुपन्देहीको शुद्धोधन गाउँपालिकामा करेन्ट लागेर एक मजदुरको मृत्यु भएको छ । प्रहरीले शुद्धोधन गाउँपालिका-४ फर्साटिकरका २८ वर्षीय पवन थारुको पराजुली ग्रील उद्योगमा काम गर्ने क्रममा करेन्ट लागेर मृत्यु भएको हो ।
करेन्ट लागेर गम्भीर घाइते थारुको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ । प्रहरीले घटनाबारे थप अनुसन्धान जारी रहेको छ ।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट