यस कारण भोलि काठमाडौ उपत्यकामा सार्वजनिक बिदा


Capital Headline
प्रकाशित मिति : बुधबार, जेष्ठ १० २०८०
2.4K
SHARES

१० जेठ काठमाडौं । गृह मन्त्रालयले भोलि काठमाडौं उपत्यकामा सार्वजनिक बिदा दिएको छ । मन्त्रालयले आज एक सूचना जारी गर्दै रातो मत्स्येन्द्रनाथको भोटो देखाउने जात्राको अवसरमा काठमाडौं उपत्यकाकाे  तीन जिल्लाहरूमा सार्वजनिक बिदा दिएको हो ।

सूचनामा भनिएकाे छ,’ वि.सं.२०८० साल जेष्ठ ११ गते बिहीबारका दिन रातो मत्स्येन्द्रनाथको भोटो देखाउने जात्राको अवसरमा काठमाडौं उपत्यकाका ३ (तीन) जिल्लाहरुमा सार्वजनिक बिदा दिने निर्णय भएको हुँदा सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ ।’