भाडा घट्यो : उपत्यकामा चढ्नासाथ १७ रुपैया लाग्ने
१२ जेठ काठमाडौं । काठमाडौं उपत्यकासहित बागमती प्रदेशमा चल्ने सार्वजनिक यातायातको भाडा शुक्रबारबाट घटेको छ । बागमती प्रदेशको श्रम रोजगार तथा यातायात मन्त्रालयले नेपाल आयल निगमले डिजेलको भाउ घटाएको नौ दिनपछि बागमती प्रदेशमा छोटो दूरीमा चल्ने गाडीको भाडा घटाएको हो ।
जसअनुसार काठमाडौँ उपत्यकाबाहिर प्रदेशभित्र पुग्ने रुटहरुको बस भाडा निर्धारण भएको छ । काठमाडौं उपत्यकाभित्र ५ दशमलव ९ प्रतिशत, उपत्यका बाहिर छोटो दूरीका सार्वजनिक सवारीमा ४ दशमलव १८ प्रतिशत र मालवाहक सवारीसाधनमा ५ दशमलव ६९ प्रतिशतले भाडा घटाएको हो । बढेको भाडाअनुसार यात्रुले काठमाडौं उपत्यकामा सार्वजनिक गाडीमा चढ्ने बित्तिकै २० तिर्दै आएका थिए । अब न्यूनतम १७ रूपैयाँ लाग्ने छ ।