इन्द्रजित देशको गहना हो, कसरी थुन्न मिल्छ – वकिल


Capital Headline
प्रकाशित मिति : शुक्रबार, जेष्ठ २६ २०८०
2.3K
SHARES

२६ जेठ काठमाडौं। तत्कालीन गृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार इन्द्रजित राईलाई पुर्पक्षका क्रममा थुन्न नमिल्ने तर्क उनका वकिलले गरेका छन्। जिल्ला अदालतका न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासमा नक्कली शरणार्थी प्रकरणका अभियुक्त राईको तर्फबाट बहस गर्दै वकिलले उनी निर्दोष रहेको दाबी गरे।  अधिवक्ता दिलकुमारी राईले इन्द्रजित नेपालको गहना भएको दाबी गर्दै उनलाई राज्यले नै नेपाल झिकाएको दाबी गरिन्। इजलासमा उनले भनिन्, ‘उहाँ (इन्द्रजित राई) भारतमा प्रोफेसर हुनुहुन्थ्यो, राज्यले आवश्यक ठानेर बोलाएपछि आउनु भएको हो। राज्य आफैँले बोलाएर ल्याएको मान्छेलाई थुन्न मिल्छ?’ राई भारतमा पेन्सन पाकेपछि नेपाल फर्किएका हुन्।

‘उहाँ देशको गहना हो, विज्ञ बेञ्चले उहाँले गरेको योगदान हेरेर आदेश गर्नुपर्छ,’ अधिवक्ता राईले भनिन्।  उनले राई गृहमन्त्रीको सल्लाहकार मात्रै भएकाले गृहमन्त्री र सचिवलाई छाडेर सल्लाहकारलाई मात्रै फसाइएको पनि गुनासो गरिन्। सहप्रतिवादीले पोलेकै भरमा पक्राउ गरिएको र अनुसन्धानदेखि नै इन्कार गर्दै आएकाले निर्दोष रहेको दाबी उनको छ।

अधिवक्ता प्रकाश केसीले पनि इन्द्रजितलाई थुनामा राख्न नहुने दाबी गरे। इन्द्रजित निर्दोष रहेको भन्दै उनले इजलासमा भने, ‘कसैले आरोप लगाउँदैमा जेल जानु पर्ने हो? कसैसँग चिनजान हुँदैमा अपराध हुँदैमा। अभियोग लगाउने सरकारी वकिललाई पनि मैले मुद्दा कमजोर बनाउन भन्दै ३ करोड दिएँ भनेँ भने उहाँलाई पनि ल्याएर थुन्न मिल्छ? यस्तै हो भने त थुन्न प¥यो नि।’

सहप्रतिवादीले भन्दैमा मुद्दा लगाउने हो भने बयानका क्रममा प्रतिवादीहरुले नाम लिएका व्यक्तिलाई किन छोडियो भन्दै उनले प्रश्न गरेका थिए।  इन्द्रजित रोगी पनि भएकाले लामो समय जेलमा राख्न नमिल्ने केसीले बताए।