प्रस्तावित प्रधानन्यायाधीश कार्कीको संसदीय सुनुवाइ जेठ ३२


Capital Headline
प्रकाशित मिति : सोमबार, जेष्ठ २९ २०८०
2.1K
SHARES

२९ जेठ काठमाडौं।  प्रस्तावित प्रधानन्यायाधीश हरिकृष्ण कार्कीको सुनुवाइ आगामी जेठ ३२ गते बिहीबार हुने भएको छ । संसदीय सुनुवाइ समितिको आज बसेको बैठकले ३१ गते बुधबार उजुरीकर्ताहरुसँग छलफल गर्ने र ३२ गते बिहीबार कार्कीको सुनुवाइ गर्ने निर्णय गरेको हो । बैठकले ३१ गते उजुरीकर्तासँग छलफल गर्ने र त्यसको भोलिपल्ट सुनुवाइ गर्ने निर्णय गरेको छ । प्रधानन्यायाधीशमा प्रस्तावित हरिकृष्ण कार्कीमाथि २९ वटा उजुरी परेको र अध्ययनका लागि समिति सदस्यलाई वितरण गरिएको छ ।