काठमाडौं सहित यी ठाउमा आज वर्षा हुने


Capital Headline
प्रकाशित मिति : मंगलबार, जेष्ठ ३० २०८०
2.9K
SHARES

३० जेठ काठमाडौं । जल तथा मौसम विज्ञान विभागका अनुसार काठमाडौं उपत्यकामा आज वर्षा हुने भएको छ । बिहानैबाट मौसममा बदली आएको काठमाडौंमा दिउँसो वर्षा हुने भएको हो ।

“काठमाडौंमा आज वर्षाको सम्भावना रहेको छ । दिउँसो र राति पनि आज काठमाडौंमा वर्षा हुनेछ,” मौसमविद् रोजन लामिछाने भन्छन्, “काठमाडौंमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।” गएराति पनि काठमाडौंमा वर्षा भएको थियो ।

उनका अनुसार आज काठमाडौंमा २८ देखि ३० डिग्री सेल्सियसम्म तापक्रम रहनेछ । मध्य तथा पश्चिम तराईमा भने आज पनि उच्च गर्मी हुनेछ । पूर्वी तराईमा भने क्रमशः तापक्रम घट्ने क्रममा रहेको उनले जानकारी दिए ।