सन्राइज बैंककाग्राहकलाई KFC, Pizza Hut/ Cream bell मा विशेष छुट
३१ जेठ काठमाडौं । सन्राइज बैंक र देव्यानी इन्टरनेश्नल नेपाल बिच डिजिटल कारोबारलाई प्रर्वद्घन गर्न सन्राइज बैंकका ग्राहक वर्गहरुलाई विशेष छुट दिने सम्झौताभएको छ । डिजिटल कारोबारलाई प्रर्बद्घन गर्ने उद्देश्य साथ बैंकले ग्राहकहरुलाई विभिन्न क्षेत्रमा छुुट प्रदानगर्दै आएको छ । सोहीक्रममा बैंकले KFC, Pizza Hut / Cream bell संग सहकार्य गरी आफ्ना ग्राहक हरुलाई विशेषछुुटदिने व्यवस्था गरेको हो ।
यस सम्झौताअन्तर्गत सन्राइज बैंकका ग्राहकवर्गहरुले बैंकको मोबाइल बैंकिङ्ग ‘Sunrise Smart बाट NEPALPAY QR Scan गरी देव्यानी इन्टरनेश्नलनेपालद्वारा सञ्चालित KFC, Pizza Hut / Cream bell का देशैभरी रहेको आउटलेटमा भुक्तानीगर्दा १०% (अधिकतम २००प्रति कारोबार) क्यासव्याकतुरुन्तै पाउनुहनेछ । योयोजना २१असार २०८० सम्मकालागिलागु गरिएको छ ।