कस्तो छ राष्ट्रपतिको स्वास्थ्य अवस्था?
३ असार काठमाडौँ । मनमोहन कार्डियोथोरासिक भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टरले राष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थ्य अवस्था स्थिर रहेको बताएको छ।अस्पतालका कार्यकारी निर्देशक प्राध्यापक डाक्टर रत्नमणि गजुरेलले विज्ञप्ति जारी गरेर राष्ट्रपति पौडेलको स्वास्थ्य अवस्था स्थिर रहेको जानकारी दिएका हुन्। राष्ट्रपति पौडेलको शनिबार मुटुको चालको मनिटरिङ गर्न आवश्यक देखिएकाले उनलाई भर्ना गरिएको थियो।
आइतबार बिहानसम्म मुटुको चाल स्थिर रहेको विज्ञप्तिमा उल्लेख छ। राष्ट्रपति पौडेल मंगलबार मात्रै शहीद गंगालाल राष्ट्रिय ह्रदय रोग केन्द्रमा भर्ना भएका थिए। त्यहाँ एन्जियोग्राम गरेपछि बुधबार डिस्चार्ज भएका थिए।