अभिनेत्री आँचल शर्माले दिइन् यी फेसबुक एकाउन्टविरुद्ध साइबर ब्यूरोमा उजुरी


Capital Headline
प्रकाशित मिति : शनिबार, असार २३ २०८०
7.3K
SHARES

२३ असार काठमाडौं । अभिनेत्री आँचल शर्माले आफ्नो चरित्रमा आँच आउने ढंगले समाचार पोस्ट गरेको भन्दै दुई फेसबुक एकाउन्टविरुद्ध शनिबार बेलुका प्रहरीको साइबर ब्युरोमा उजुरी दिएकी छन् ।

ती दुई फेसबुक पेजलाई आवश्यक कानूनी कार्वाही गर्न भन्दै उनले निवेदन दिएकी हुन् । उजुरी गर्न आँचल पति उदिपसँगै शनिबार बेलुका साइबर ब्यूरोको कार्यालय पुगेकी थिइन् ।आँचलको निवेदनमा आफ्नो अनुमतिविना फोटोसहित चरित्रमा आँच आउने समाचार लेखी पोस्ट गर्ने व्यक्ति पहिचान गरी कानून बमोजिम कार्वाही गरि पाउँ भनि लेखिएको छ ।

उनले निवेदनसँगै उक्त फेसबुकमा पोस्ट भएका भिडियो, अडियो, तस्वीर, अक्षर स्क्रिनसट पनि पेश गरेकी छन् ।आँचलले पनि आफूलाई यातना दिएर सामाजिक संजालमा मानसिक स्वास्थ्यको भाषण दिन बन्द गर्न आग्रह गरेकी छन् ।