पूर्व प्रधानमन्त्री इमरान खानलाई तीन वर्षको जेल सजाय
Capital Headline
प्रकाशित मिति :
शनिबार, साउन २० २०८०
2K
SHARES
२० साउन काठमाडौं । पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानलाई तीन वर्षको जेल सजाय सुनाइएको छ ।उनलाई भ्रष्टाचारको आरोपमा तीन वर्षको जेल सजाय सुनाइएको हो ।
न्यायाधीशले खानलाई तत्काल गिरफ्तार गर्न आदेश दिएपछि लाहोरस्थित घरबाट नै उनलाई हिरासतमा लिइएको बीबीसीले जनाएको छ । खान २०१८ मा निर्वाचित भएका थिए । तर गतवर्ष उनले विश्वासको मत प्राप्त गर्न नसक्दा प्रधानमन्त्री पद गुमाउनुपरेको थियो ।
अदालतको फैसला लगत्तै खानलाई खानलाई लाहोरस्थित उनको निवासबाट पक्राउ गरिएको बीबीसीले जनाएको छ ।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट