अब ट्वीटर भवनका फर्निचर र लोगो लिलाम गरिँदै


Capital Headline
प्रकाशित मिति : शुक्रबार, साउन २६ २०८०
3.7K
SHARES

२६ साउन काठमाडौं । ट्वीटरको नाम बदलेर ‘एक्स’ राखेका एलन मस्कले ट्वीटर भवनका फर्निचर र पुरानो लोगो लिलाम गर्ने भएका छन् ।

अमेरिकाको सानफ्रान्सिस्कोस्थित ट्वीटरको हेडक्वाटरबाट पुरानो लोगो, कफी टेबल, कुर्सि, वाद्य यन्त्र, फोटो, पिँजडा, पेन्टिङ, लगायत ५८४ प्रकारका वस्तुमा लिलाम गर्न लागिएको हो ।ट्वीटरको नाम ‘एक्स’ नाम राखे पनि कार्यालयमा पुरानै लोगो (नीलो रंगको चरो) कायम छ ।

मस्कले उक्त लोगो पनि लिलाम गन लागेको बीबीसीले जनाएको छ ।लिलामीको प्रक्रिया १२ सेप्टेम्बरबाट सुरु हुने छ । लिलामी गराउने एक कम्पनीले लिलाम गर्न लागिएका वस्तुहरुमध्ये सबैभन्दा कम मूल्य २५ डलरबाट सुरु हुनेछ ।