गायिका प्रविशा अधिकारीको हटी-नट्टी मेक्सिको डायरी


Capital Headline
प्रकाशित मिति : शुक्रबार, साउन २६ २०८०
8.9K
SHARES

२६ साउन काठमाडौँ ।खुलेको जीवन अनि खुलेको मन कस्तो हुन्छ? गायिका प्रविशा अधिकारीको इन्टाग्रामको हटी एन्ड नटी मेक्सिको डायरी स्क्रोल गरे बुझिन्छ।

सुगम संगीतहुँदै सिङगिङ रियालिटी शोको निर्णायक भएर लाइमलाइटमा जमेको बेलामा जीवनको सुन्दर निर्णय विवाहको निर्णय गरेकी उनको इन्टाग्रामको टाइमलाइन उनै जीवनसाथीसँगको मेक्सिको टुरले भरिएको छ।

जीवनको जिउनुको मजा बेलैमा हो लिने। घुम्ने, रमाउने। समुन्द्री किनारामा हल्का हटी हुने अनि आफ्नैसँग हल्का नटी हुने। यही देखिन्छ उनका तस्बिरमा।रमेकी छिन्, रमाएकी छिन्। झुमेकी छिन्, झुमाएकी छिन्। वैवाहिक यात्राको यात्रा यादगार बनाइरहेकी छिन्। जीवनको यात्रामा रमाउनै पर्छ। तर रमाउँदा रमाउँदै श्रोता अनि दर्शकले सुमधुर स्वर नबिर्सिउन् है। पर्सनल लाइफबाट केही समय प्रोफेसनल लाइफका लागि पनि निकाल्न सके झन् गजब।