अखिल (क्रान्तिकारी)ले काँडेतार देखाउने


Capital Headline
प्रकाशित मिति : सोमबार, साउन २९ २०८०
4.6K
SHARES

२९ साउन काठमाडौ । सत्तारुढ माओवादी केन्द्रको भ्रातृ संगठन पवन कार्की नेतृत्व अखिल (क्रान्तिकारी) को आयोजनामा नेपाली कथानक चलचित्र काँडेतारको विशेष प्रदर्शनी गरिने भएको छ ।

क्रान्तिकारीले समाजवादी छात्रवृत्ति कोष स्थापनाका लागि सहयोगार्थ चलचित्र देखाउन लागेको बताइएको छ । आगामी भदौ २३ गते चलचित्र विकास बोर्डको हलमा विशेष प्रदर्शनीको तयारी गरिएको छ ।

निर्माता तथा कलाकार नवल खड्काले निर्माण गरेको चलचित्र काँडेतारमा देशभक्ति र सीमा समस्याका बारेमा जागरण ल्याउने कथा समेटिएको जानकारी दिइएको छ ।