समीक्षा अधिकारीको भिसा अस्ट्रेलियाले किन गर्यो रद्द ?
७ भदौ काठमाडौं । गायिका समीक्षा अधिकारीको अस्ट्रेलियाको भिसा रद्द भएको पाइएको छ । उनले यसअघि नै पाएको एक वर्ष अवधिको भिसा रद्द भएको हो । आखिर उनको भिसा रद्द किन भयो त ? यसको उनकी दिदी भएको बताइएको छ । फागूपूर्णिमामा अस्ट्रेलिया यात्राको क्रममा उनले आफू १८ वर्ष नपुगेकाले केयर टेकर आवश्यक पर्ने भन्दै दिदीलाई लिएर गएकी थिइन् । फर्किँदा उनले दिदीलाई उतै छोडेर आएको कारण अहिले भिसा रद्द भएको बताइन्छ ।
जसअनुसार केयर टेकरको रूपमा लैजान लागेको व्यक्तिको भिसाका लागि आवेदन दिइएको थियो । पहिले लगेको केयर टेकर उतै छाडेको कारण नेपालस्थित अस्ट्रेलियन दूतावासले उनको भिसा रद्द गरिदिएको बताइएको छ । समीक्षाले अब तत्काल भिजा पाउँछिन् वा पाउँदिनन् त्यो भने अहिले बाहिर आएको छैन । यस विषयमा समीक्षाले पनि मौन छिन् ।