सिप अभिवृद्धिले प्राविधिक ज्ञान आर्जनमा सहजीकरण हुन्छ – सौन्दर्य जोशी
१७ भदौ काठमाडौं।राष्ट्रिय सौन्दर्यकर्मि युनियन, नेपाल बाग्मति प्रदेश नेपाल तारकेश्वर नगरपालिका कमिटीको दोश्रो अधिबेशन भाबना कटुवाल क्षेत्रीको अध्यक्षतामा र राष्ट्रिय सौन्दर्यकर्मी युनियन नेपालकि केन्द्रीय महासचिव सुजना जोशीको प्रमुख आतिथ्यता र नाबुनकि केन्द्रिय सदस्य मिना गुरुङ डङ्गोल, बाग्मती प्रदेश सदस्य ईश्वरी क्षेत्रीको आतिथ्यतामा प्रमुख अतिथि सुजना जोशीवाट पानसमा दिप प्रज्वलन गरि काठमाडौंको फोर लिभ्स रिसोर्ट एन्ड रेष्टुरेण्टमा सम्पन्न भएको छ।
कार्यक्रममा दोश्रो अधिवेशनमा शुभकामना मन्तव्य दिने क्रममा प्रमुख अतिथि सुजना जोशीले युनियनमा संगठित हुनाले सिप अभिवृद्धि कार्यक्रम संगसंगै नयां नयां सौन्दर्य प्रबिधीको बिकाशबारे ज्ञान आर्जनमा सहजीकरण हुनुको साथै युनियनको बिधी बिधान र पद्धतिलाई पालना गर्ने कुरामा जोड दिनु भएको थियो।
सौन्दर्यकर्मिहरुलाई स्थानीय स्तरमा पंजिकरण गरेर योगदानमा आधारित सामाजिक सुरक्षामा आबद्ध गराउन स्थानिय सरकारले भुमिका खेल्नुपर्ने बताउंदै सिप प्रमाणीकरणमा सहजता र शिक्षा संगसंगै सिपको बिकाश गर्नुपर्नेमा जोड दिनुभयो।दोश्रो अधिवेशनले ईन्दिरा ढकाल रायमाझीको अध्यक्षतामा ९ सदस्यीय कमिटी निर्वाचित गरेको छ।तारकेश्वर नगरकमिटी सचिव सोलिना लामाले संचालन तथा सहजीकरण गर्नुभएको कार्यक्रममा आउदै गरेको हरितालीका तिज उत्सबको शुभकामना आदानप्रदान गर्दै नृत्य समेत प्रस्तुत गरिएको थियो।