विमान दुर्घटना हुँदा १४ जनाको मृत्यु


Capital Headline
प्रकाशित मिति : आइतबार, भाद्र ३१ २०८०
4.1K
SHARES

३१ भदौ काठमाडौं । ब्राजिलको बार्सिलोसमा एउटा विमान दुर्घटना हुँदा १४ जनाको मृत्यु भएको छ । सो विमानमा सवार सबैको मृत्यु भएको सीएनएनले जनाएको छ ।

विमानमा १२ पर्यटक र एक पाइलट र को–पाइलट सवार थिए । विमान अवतरणका क्रममा दुर्घटना भएको जनाइएको छ ।

शनिबार सो क्षेत्रमा भारी वर्षा भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । भारी वर्षा र कम भिजिबिलिटीका कारण विमान दुर्घटना भएको अनुमान गरिएको छ ।बीबीसीका अनुसार घटनाको कारणबारे अनुसन्धान सुरु गरिएको छ ।