सधैँ फेसनमा अगाडि आँचल


Capital Headline
प्रकाशित मिति : बुधबार, माघ १७ २०८०
3K
SHARES

१७ माघ काठमाडौ । अभिनेत्री आँचल शर्मा पछिल्लो समय आफ्नो पहिरनलाई लिएर चर्चा आउने गर्छिन्। आँचल एकपछि अर्को नयाँ पहिरनमा आफ्ना तस्बिरहरू सामाजिक सञ्जालमा पोस्ट गरिरहेको हुन्छिन्।

आँचलको पहिरनलाई लिएर सामाजिक सञ्जालमा विभिन्न चर्चा भइरहेको हुन्छ। पहिरनमा मात्र होइन आँचलको फिल्ममा पनि माग उतिकै छ। उनीसँग आधा दर्जन फिल्मको लाइनअप छ।

यही क्रममा मंगलबार राती उनले फेसबुकमा केही आकर्षक आफ्नो तस्बिर राख्दै लेखेकी छिन्, ‘कम तनाव लिन र उत्कृष्ट आनन्द लिनुस्।’ उनले कम तनाव लिन सल्लाह दिएकी छिन्।

आँचलले गतसाता ‘डिग्री माइला’को छायाङ्कन सकाएकी छिन् भने फिल्म ‘पिताम्बर’ साइन गरेकी छिन्।