पाकिस्तानका राष्ट्रपति जर्दारीले बनाए छोरीलाई ‘फर्स्ट लेडी’


Capital Headline
प्रकाशित मिति : बुधबार, फाल्गुन ३० २०८०
2.1K
SHARES

३० फागुन काठमाडौं । पाकिस्तानका राष्ट्रपति आसिफ अली जर्दारीले आफ्नी छोरी आसिफा भुट्दो जर्दारीलाई फर्स्ट लेडी (प्रथम महिला) बनाएका छन् । सामान्यतया कुनै देशको राष्ट्रपति वा प्रधानमन्त्रीपत्नीलाई फर्स्ट लेडी मानिन्छ । तर, पाकिस्तानमा राष्ट्रपति जर्दारीले आफ्नी छोरी असिफालाई देशको फर्स्ट लेडी घोषणा गरेका हुन् ।

आसिफ अली जर्दारीकी पत्नी एवं पाकिस्तानका पूर्वप्रधानमन्त्री बेनजिर भुट्टोको सन् २००७ मा हत्या गरिएको थियो । त्यति बेला आसिफा १४ वर्षकी थिइन् ।बेनजिर भुट्टो इस्लामिक देश पाकिस्तानको पहिलो महिला प्रधानमन्त्री हुन् । बेनजिर १९९८ मा प्रधानमन्त्री भएपछि तीन सन्तानलाई जन्म दिएकी थिइन् ।

बेनजिर हत्याको एक वर्षपछि जर्दारी पहिलोपटक २००८ मा पाकिस्तानको राष्ट्रपति बनेका थिए । त्यति बेला उनले कसैलाई आधिकारिक रूपमा फर्स्ट लेडी नियुक्त गरेका थिएनन् । जर्दारी सन् २०१३ सम्म पाकिस्तानको राष्ट्रपति रहेका थिए ।