स्टेज नचढी फर्किइन् समीक्षा अधिकारी


Capital Headline
प्रकाशित मिति : सोमबार, चैत्र १२ २०८०
3.2K
SHARES

१२ चैत काठमाडौँ । कलाकारका लागि कहिलेकाहीँ मेला महोत्सव आफूले सोचे जस्तो नहुन पनि सक्छ । कार्यक्रम स्थल पुगेर उनीहरू त्यसै फर्किनुपर्ने पनि हुन्छ । गत शनिवार यस्तै परेको छ, चर्चित गायिका समीक्षा अधिकारीलाई। उनी दाङको तुलसीपुरस्थित अरनिको मैदानमा आयोजित एक कन्सर्टमा सहभागी हुन त्यहाँ पुगेर पनि स्टेज नचढी फर्किएकी छन् ।

प्रकृति कला केन्द्रले आयोजना गरेको कन्सर्टमा समीक्षा साङ्गीतिक प्रस्तुति दिन निर्धारित समयमै पुगेकी थिइन् । तर कन्टर्समा थोरै (२३ जना)मात्र दर्शक उपस्थित भएका कारण उनी स्टेज नै नचढी फर्किनु परेको हो । दर्शक अभाव भएपछि आयोजकले उनलाई सहज वातावरणमा कार्यक्रम नगरी फर्किने व्यवस्था मिलाएको चलचित्र पत्रकार सङ्घ, दाङका अध्यक्ष सन्तोष केसीले बताए ।केसीका अनुसार कार्यक्रममा दर्शकको अभाव हुनुको कारण कन्सर्ट आयोजना गरिएको मैदान उपयुक्त नहुनु, मौसम खराब हुनु र केही अगाडि तुलसीपुरमा भव्य महोत्सव सम्पन्न हुनु पनि हो ।