चलचित्र ‘अञ्जिला’ले लियो रिलिज डेट


Capital Headline
प्रकाशित मिति : बिहिबार, चैत्र १५ २०८०
2.4K
SHARES

१५ चैत काठमाडौ । महिला राष्ट्रिय फुटबल टिमकी गोलरक्षक एञ्जिला तुम्बापो सुब्बाको जीवनबाट प्रभावित चलचित्र ‘अञ्जिला’को रिलिज मिति तय भएको छ । निर्देशक मिलन चाम्सका अनुसार २०८१ माघ ११ गते चलचित्र रिलिज हुनेछ ।

चलचित्रमा एञ्जिला स्वयंको मुख्य भूमिका रहेको छ । उनीसँगै दयाहाङ राई, मिरुना मगर, सिर्जना सुब्बा, माओत्से गुरुङ, बुद्धि तामाङ, विजय बराल, हरि खड्कालगायतको पनि अभिनय छ ।

चलचित्रका निर्माता प्रेम कुमार श्रेष्ठको पनि यस चलचित्रमा प्रमुख भूमिका रहेको छ । चलचित्र एञ्जिलाको बायोपिक भने नभएको निर्देश्क चाम्सले बताए । ७५ प्रतिशत एञ्जिलाकै जीवनी हुने तर बायोपिक भने नहुने उनको भनाइ छ ।