स्वास्थ्यमा छिटो सुधार भएको देखेर खुसी छु – पूजा शर्मा


Capital Headline
प्रकाशित मिति : सोमबार, चैत्र २६ २०८०
3.8K
SHARES

२५ चैत काठमाडौँ । अभिनेत्री पूजा शर्माको शल्यक्रिया गरिएको छ। अस्वस्थ भएर मेडिसिटी अस्पताल भर्ना भएकी उनको एपेन्डिक्सको शल्यक्रिया गरिएको छ। पूजा स्वयमले फेसबुकमार्फत शल्यक्रिया भएको जानकारी दिएकी हुन्। स्वास्थ्यमा छिटो सुधार आएको भन्दै उनले डाक्टरहरुलाई धन्यवाद समेत दिएकी छिन्।

मेरो स्वास्थ्यमा छिटो सुधार आएको देखेर म धेरै खुसी छु। यो अब आराम गर्ने र छिटो सुधारका लागि डाक्टरहरुको सल्लाह पालना गर्ने समय हो। स्वास्थ्य लाभको शुभकामना दिन सबैलाई धन्यवाद,’ उनले लेखेकी छिन्।उनको पोस्टमा फिल्मकर्मीहरुले स्वास्थ्यलाभको शुभकामना दिइरहेका छन्।