नेतन्याहुले गल्ती गर्दैछन् – राष्ट्रपति जो बाइडेन


Capital Headline
प्रकाशित मिति : बुधबार, चैत्र २८ २०८०
3.8K
SHARES

२८ चैत काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडेनले गाजामा भइरहेको युद्धमा इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले गल्ती गरिरहेको बताएका छन् । मंगलबार सार्वजनिक एक अन्तर्वार्तामा उनले भनेका छन्, “मलाई लाग्छ उनले जे गरिरहेका छन्, त्यो गल्ती हो । म उनको दृष्टिकोणसँग सहमत छैन ।” बाइडेनले गाजामा तत्काल युद्धविराम हुनुपर्ने भनेका छन् ।

अमेरिकामा स्पेनिस भाषाको नेटवर्क युनिभिजनमा मंगलबार प्रसारित अन्तर्वार्तामा बाइडेनले भने, “मैले इजरायलीहरूलाई युद्धविराम र अर्को ६ देखि आठ हप्तासम्म गाजामा खाद्यान्न र औषधिको पूर्ण पहुँचका लागि आह्वान गर्छु ।”