विवाह बन्धनमा बाधिँदै गायिका एलिना चौहान


Capital Headline
प्रकाशित मिति : बुधबार, बैशाख ५ २०८१
3.7K
SHARES

५ वैशाख काठमाडौं । चर्चित गायिका एलिना चौहान आज विवाह बन्धनमा बाँधिदैछिन् । बाग्लुङका विष्णु सापकोटासँग उनको लगनगाँठो कसिन लागेको हो । आज एलिनाकै घरमा परम्परागत रितिरिवाजपूर्वक विवाह हुँदैछ।

बिष्णु सापकोटा हिजै बाग्लुङबाट जन्ति लिएर झापा पुगिसकेका छन् । उनी दुलाहाकै पहिरनमा सजिएर गएका हुन् । हिजो उनीहरुको हल्दी र मेहन्दी समारोह भएको थियो  ।

विष्णु सापकोटा भने अष्ट्रेलियामा बस्दै आएका छन् । एलिना र बिष्णु केही समयदेखि अफेयरमा थिए । बीचमा ब्रेक अप भए पनि फेरि प्याचअप गरेर उनीहरुले विवाह गर्न लागेका हुन् ।