चलचित्र ‘पच्चीस पच्चीस’को छायांकन सुरु


Capital Headline
प्रकाशित मिति : बुधबार, मंसिर १० २०८३
133
SHARES

९ मंसिर काठमाडौं । चलचित्र ‘पच्चीस पच्चीस’को छायांकन सुरु भएको छ । बुधबार चलचित्रको शुभमुहूर्त गर्दै छायांकन सुरु गरिएको हो ।निर्देशक सुव्रत आचार्यका अनुसार चलचित्रको छायांकन ४० दिनको तालिकामा सकिनेछ ।

चलचित्रमा अविषेक खड्का, खुसी कार्की, अमित सुब्बा (भक्ते भाइ), सरोज खनाल, दीपाश्री निरौला, प्रमोद अग्रहरीलगायत कलाकार छन् । चलचित्रको कथा सुव्रत आचार्य र जयाको हो भने पटकथा सुशील देवकोटाले लेखेका छन् । छायांकन निर्देशन हरि हुमागाईंको रहनेछ ।