विमान दुर्घटना, प्रहरीको टोली घटनास्थलमा


Capital Headline
प्रकाशित मिति : बिहिबार, बैशाख १३ २०८१
4.5K
SHARES

१३ वैशाख काठमाडौं । भारतीय वायुसेना (आईएएफ) को यूएभी विमान राजस्थानको जैसलमेरमा दुर्घटनाग्रस्त भएको छ। प्राविधिक गडबडीका कारण दुर्घटना भएको बताइएको छ। भारतीय पत्रिकाका अनुसार विमान नियमित उडानमा थियो। दुर्घटनामा कुनै पनि भौतिक वा मानवीयक्षतिको खबर छैन।

यो दुर्घटना जैसलमेरको पिथला क्षेत्रमा भएको हो। प्रहरी उपरीक्षक सुधीर चौधरीले यो टोही विमान हुन सक्ने बताएका छन्।दुर्घटनाको जानकारी पाएलगत्तै प्रहरी र भारतीय वायुसेनाका अधिकारी घटनास्थलमा पुगेका छन्।