मन्त्रिपरिषद विस्तार हुँदै , काे–काे बन्दै छन् मन्त्री ?
२७ वैशाख विराटनगर । कोशी प्रदेश सरकारको आजै विस्तार हुने भएको छ । मुख्यमन्त्रीमा हिक्मत कार्की नियुक्त भएसँगै आजै मन्त्रिपरिषद विस्तार गर्ने तयारी भएको हो । मुख्यमन्त्रीको सपथ अहिले ५ बजे गर्ने तयारी रहेको छ । मुख्यमन्त्रीको सपथ पछि २ जना मन्त्री नियुक्त गर्ने तयारी रहेको श्रोतले जनाएको छ । मन्त्रीपरिषदमा माओवादीबाट १ जना र एमालेबाट १ जना मन्त्री बनाउने तयारी छ ।
श्रोतका अनुसार एमालेबाट राम राना र माओवादीबाट दुर्गाप्रसाद चापागाईलाई मन्त्री बनाउने तयारी रहेको छ । मुख्यमन्त्री नियुक्त भएसँगै अहिले एमाले र माओवादी सम्सदिय दलका नेताबिच छलफल भै रहेको छ ।