अघिल्लो सरकारले जीबी राईलाई भगायो – गृहमन्त्री लामिछाने


Capital Headline
प्रकाशित मिति : शनिबार, बैशाख २९ २०८१
4K
SHARES

२९ वैशाख काठमाडौं । गृहमन्त्री रवि लामिछानेले सरकारी ठगीमा मुछिएका जीबी राईलाई खोजिरहेको बताएका छन् । शनिबार चितवन पुगेका लामिछानेले सञ्चारकर्मीसँगको कुराकानीका क्रममा‍ ‘भगाएको मान्छे’लाई खोज्न समय लाग्ने बताए ।

सञ्चारकर्मीले उनलाई ‘जीबी राई किन पक्राउ पर्न सकेनन् ?’ भनेर सोधेका थिए । जवाफमा उनले भने, “भगाइसकेको मान्छेलाई खोज्न समय लाग्ने भएकाले हर कोसिस भइरहेको छ ।”

त्यसो भए कसले भगायो ?’ सञ्चारकर्मीको प्रश्नमा उनले भने, “भाग्दाखेरी सरकारमा को थियो ?” उपप्रधानमन्त्रीसमेत रहेका लामिछानेले जीबी राईका सन्दर्भमा केही प्रक्रिया पूरा गर्नुपर्ने भएकाले समय लागेको बताए । उनले जनताले आदेशले संसद्‌मा पुगे पनि आफूलाई बोल्ने अधिकारबाट वञ्चित गरिएको बताए ।