सरकारबाट बाहिरियो जसपा ,उपप्रधानमन्त्री उपेन्द्र यादवले दिए राजीनामा


Capital Headline
प्रकाशित मिति : सोमबार, बैशाख ३१ २०८१
5.4K
SHARES

३१ वैशाख काठमाडौं । उपप्रधानमन्त्री तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादवले पदबाट राजीनामा दिएका छन् । उनीसँगै राज्यमन्त्री दीपक कार्कीले पनि राजीनामा दिएपछि जसपा सरकारबाट बाहिरिएको छ ।

“सम्माननीय प्रधानमन्त्रीज्यूको नेतृत्वमा गठन गरिएको सरकारमा विगत करिब दुई महिनादेखि म उपप्रधानमन्त्रीको रूपमा जिम्मेवारी सम्हाल्दै आएकोमा वर्तमान विकसित राजनीतिक परिस्थितिमा सरकारमै रहेर सहकार्यलाई निरन्तरता दिन नसकिने भएको हुँदा उक्त जिम्मेवारीबाट राजीनामा दिन चाहन्छु,” उनले राजीनामापत्रमा लेखेका छन्, “आजसम्म तपाईंको नेतृत्वको सरकारमा रहेर सहकार्य गर्ने अवसर प्रदान गर्नुभएकोमा हार्दिक धन्यवाद दिन चाहन्छु ।”

आफू अमेरिकामा रहेका बेला प्रधानमन्त्री पुष्पकमल दाहाल र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नै पार्टी फुटाइदिएको उनको आरोप छ । जसपा नेपालबाट अशोक राई र राजेन्द्र श्रेष्ठले पार्टी विभाजन गरी जनता समाजवादी पार्टी गठन गरेका छन् । जुन पार्टीलाई निर्वाचन आयोगमा निवेदन दिएको २० घण्टा पनि नबित्दै आधिकारिकता दिएपछि यादवसमूह आक्रोशित थियो ।