नेपालमा चलचित्र छायांकनका लागि हलिउड र बलिउडलाई आकर्षित गरिने


Capital Headline
प्रकाशित मिति : मंगलबार, जेष्ठ १ २०८१
2.6K
SHARES

१ जेठ काठमाडौं । सरकारले हलिउड तथा बलिउडलगायत अन्तर्राष्ट्रिय चलचित्र निर्मातालाई नेपालमा चलचित्र छायांकनका लागि आकर्षित गर्ने भएको छ ।

संघीय संदसद्को मंगलबार बसेको संयुक्त बैठकमा सरकारको नीति कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले सरकारले तयार पारेको नीति तथा कार्यक्रम वाचन गर्दै बलिउड र हलिउडका चलचित्र निर्मातालाई नेपालमा सिनेमा छायांकनका लागि आकर्षित गर्ने बताए ।

पौडेलले उनीहरूलाई नेपालमा चलचित्र छायांकनका लागि आकर्षित गरी लचित्र पर्यटन प्रवर्द्धन गर्ने तयारी सरकारको रहेको बताए ।