अध्यक्ष ओली नीति तथा कार्यक्रम पेस गर्ने सदनको संयुक्त बैठकमा किन गएनन् ?


Capital Headline
प्रकाशित मिति : मंगलबार, जेष्ठ १ २०८१
7.9K
SHARES

१ जेठ काठमाडौं । सरकारको नीति तथा कार्यक्रम संघीय सदनको संयुक्त बैठकमा पेस भइरहँदा सत्तारूढ दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली सहभागी भएनन् ।

सरकारको नीति तथा कार्यक्रम अहिले राष्ट्रपति रामचन्द्र पौडेलले प्रस्तुत गरिरहेका छन् । तर, स्वास्थ्यमा समस्या देखिएपछि ओली बैठकमा नआएको अध्यक्ष ओलीको सचिवालयले जनाएको छ । रुघा खोकीले सताएपछि आज ओली कुनै सार्वजनिक कार्यक्रममा सहभागी भएनन् ।