एमाले पार्टी छोड्ने अन्तिम तयारीमा नेता रावल
Capital Headline
प्रकाशित मिति :
बुधबार, जेष्ठ २ २०८१
29K
SHARES
२ जेठ काठमाडौ ।नेकपा एमालेका नेता भीम रावलले पार्टी छाड्ने आफ्नो मन नभए पनि नेतृत्वको व्यवहारले अब आफू एमालेमै बसिरहने सम्भावना कम रहेको बताएका छन्।
मंगलबार एक टेलिभिजनलाई अन्तर्वार्ता दिँदै उनले अझै पनि आफ्नो पहिलो प्राथमिकता एमाले नै भएको तर आफूलाई पार्टीमै बसिरहने वातावरण नरहेको बताएका हुन्। पार्टी अध्यक्ष केपी शर्मा ओलीको कडा आलोचना गर्दै नेता रावलले ओलीकै कारण एमालेमा बसिरहने अवस्था नरहेको आरोप लगाएका हुन्।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट