अब कांग्रेसलाई बोल्न दिइँदैन – अध्यक्ष ओली


Capital Headline
प्रकाशित मिति : बुधबार, जेष्ठ २ २०८१
4.3K
SHARES

२ जेठ काठमाडौं । सत्तारुढ नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अबदेखि संसद्मा नेपाली कांग्रेसलाई बोल्न नदिने पहिले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई बोल्न दिइने दाबी गरेका छन्।

बुधबार एमाले संसदीय दलको बैठकलाई सम्बोधन गर्दै ओलीले कांग्रेससँग लत्रिनुपर्ने कुनै कारण नभएको बताए।‘यो कांग्रेसको मात्रै संसद् हो, कांग्रेस मात्रै बोल्ने अरू नबोल्ने, चल्दैन भोलिबाट’, उनले भने, ‘कांग्रेसलाई बोल्न दिइँदैन अब, पहिले रवि लामिछाने बोल्न पाउनुपर्छ, होइन भने हामी बोल्छौँ।’