आज मदन-आश्रित स्मृति दिवस
३ जेठ काठमाडौं । जननेता मदन भण्डारी र जीवराज आश्रितको ३१ औं स्मृति दिवस बिहीबार विभिन्न कार्यक्रम गरी मनाइँदै छ।नेकपा एमालेसहितका कम्युनिष्ट पार्टीहरूले विभिन्न कार्यक्रम गरी स्मरण गर्दैछन्।
तत्कालीन नेकपा (एमाले) का महासचिव मदन भण्डारी र संगठन विभाग प्रमुख जीवराज आश्रितको २०५० साल जेठ ३ गते चितवनको दासढुंगामा भएको जिप दुर्घटनामा निधन भएको थियो।सोही दिनको स्मरणमा नेकपा (एमाले)ले हरेक वर्ष जेठ ३ गते विविध कार्यक्रम गर्दै आएको छ।
मदन भण्डारीले प्रतिपादन गरेको जनताको बहुदलीय जनवाद ‘जबज’ को सिद्धान्त नेपालको कम्युनिष्ट आन्दोलनमा पृथक मानिन्छ।मदन–आश्रितको सम्झनामा नेकपा एमालेले हरेक वर्ष विभिन्न कार्यक्रम गर्दै आएको छ। २०५० साल जेठ ३ गते चितवनको कविलासस्थित दासढुंगामा जिप दुर्घटनामा परी भण्डारी र आश्रितको निधन भएको थियो।