यस कारण प्रधानमन्त्रीको कांग्रेससँग हुने भनिएको छलफल स्थगित


Capital Headline
प्रकाशित मिति : शुक्रबार, जेष्ठ ४ २०८१
6.1K
SHARES

४ जेठ काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेपाली कांग्रेसका नेताहरुबीच हुने भनेको छलफल स्थगित भएको छ ।

प्रधानमन्त्री प्रचण्डको दाँतको समस्या चेकजाँचका लागि वीर अस्पताल जानु परेकाले निर्धारित छलफल स्थगित भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले जानकारी दिएका छन् । अब छलफल कहिले हुने भन्ने जानकारी नभएकाे उनले बताए ।

यसअघि पनि प्रधानमन्त्री प्रचण्ड दाँतको उपचारका लागि वीर अस्पताल गएका थिए । त्यसैको फलो भएको आचार्यले बताए ।