प्रधानमन्त्री, ओली र लामिछानेबीच छलफल जारी


Capital Headline
प्रकाशित मिति : शनिबार, जेष्ठ ५ २०८१
4.7K
SHARES

५ जेठ काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एमालेका अध्यक्ष केपी शर्मा ओलीसँगको छलफलमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने पनि मिसिएका छन्। प्रधानमन्त्रीको निवास बालुवाटारमा जारी गृहमन्त्री लामिछाने पनि पुगेका हुन्। अहिले सत्ता समीकरणका शीर्ष नेताहरूबीच छलफल भइरहेको छ।सदनको गतिरोध हटाउन प्रधानमन्त्री प्रचण्डले आज बिहान छलफल गरेका थिए। आफ्नो मागप्रति प्रधानमन्त्रीको जवाफ सकरात्मक आएको कांग्रेसको नेताहरुको भनाइ छ।

कांग्रेसले गृहमन्त्री लामिछाने जोडिएको सहकारी ठगी प्रकरणको छानविन गर्न संसदीय समितिको माग गर्दै निरन्तर सदन अवरोध गर्दै आइरहेको छ। तर, सरकार व्यक्ति केन्द्रित नभई सबै सहकारी समस्या समाधान गर्न समिति बनाउन तयार छ।