अहिले अभ्यासमा व्यस्त सन्दीप लामिछाने
Capital Headline
प्रकाशित मिति :
शनिबार, जेष्ठ ५ २०८१
5.5K
SHARES
५ जेठ काठमाडौँ । बलात्कार मुद्दामा सफाइ पाएपछि क्रिकेटर सन्दीप लामिछाने यति बेला सक्रिय क्रिकेटमा फर्किन प्रयासरत छन् । नेपाल क्रिकेट संघ (क्यान) ले लामिछानेमाथि लगाएको निलम्बन फुकुवा गरिसकेको छ भने उनलाई टी–२० विश्वकप खेल्ने नेपाली टोलीमा समावेश गर्ने तयारी गरिरहेको छ ।
सन्दीप भने यति बेला अभ्यासमा व्यस्त छन् । शनिबार त्रिभुवन विश्वविद्यालयस्थित मैदानमा रहेको प्रशिक्षण स्थलमा लामिछाने अभ्यास गरिरहेको भेटिए । सन्दीपको अभ्यास हेर्न संघका सचिव पारस खड्का पनि पुगेका थिए ।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट