रामेछाप कांग्रेसको कार्यक्रममा नै कुटपिट
Capital Headline
प्रकाशित मिति :
शनिबार, जेष्ठ ५ २०८१
4.1K
SHARES
रामेछाप । नेपाली कांग्रेसको भातृ संगठन आदिवासी जनजाति महासंघको जिल्ला अधिवेशनमा आसन ग्रहणका क्रममा विवाद हुँदा केही नेता कुटिएका छन् भने केहीलाई कार्यकर्ताले लखेटेका छन् ।
खाँडादेवी गाउँपालिका वडा नम्बर ८ स्थित गाल्बा बजारमा शनिवार आयोजित जनजाति महासंघको प्रथम जिल्ला अधिवेशन उद्घाटन सत्रमै झडप भएपछि कार्यक्रम स्थगित भएको छ ।भागेका केही नेता हेलिकोप्टर मगाएर काठमाडौं फर्किदैछन् भने सांसद तथा जिल्ला सभापति कान्छाराम तामाङलाई प्रहरीले सुरक्षितरुपमा मन्थली लगेको छ ।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट