महालक्ष्मी कर्पोरेट क्रिकेट लिग –२०२४ जेष्ठ २२ गते देखी हुदै


Capital Headline
प्रकाशित मिति : बिहिबार, जेष्ठ १७ २०८१
3.8K
SHARES

१७ जेठ काठमाडौं ।  महालक्ष्मी विकास बैंकले ३० औं वर्ष प्रवेश गरेको अवसरमामहालक्ष्मी कर्पोरेट क्रिकेट लिग–२०२४, सस्ंकरण ३, जेष्ठ २२ गते देखी जेष्ठ २४ गते सम्म सञ्चालनगर्ने भएको छ । हरेक वर्ष झै यो वर्ष पनिवार्षिक उत्सवको अवसर उक्तक्रिकेट लिगगर्न लागिएको हो ।

नेपाल राष्ट्र बैंकबाट इजाजतप्राप्त बैंक तथावित्तीय संस्थाहरूको सहभागिता रहेको क्रिकेट लिग समग्र कर्पोरेट क्षेत्रमा एक प्रतिष्ठित प्रतियोगितको रूपमा रहेको छ ।

कुल ३१ खेलहरू हुने र १६० जना खेलाडीहरू रहने उक्तलिगमा ७ वाणिज्य बैंकहरू, ८ विकास बैंक तथा १ वित्तकम्पनीको सहभागिता रहने छ । उक्तलिगको उद्घाटन समारोह जेष्ठ २२ गते बिहान७:०० बजे र समापन तथा पुरस्कार वितरण समारोह जेष्ठ २५ गते हुनेछ ।