मौद्रिक नीतिको तयारीमा जुट्यो राष्ट्र बैंक


Capital Headline
प्रकाशित मिति : आइतबार, जेष्ठ २७ २०८१
2K
SHARES

२७ जेठ काठमाडौं । नेपाल राष्ट्र बैंक आगामी आर्थिक वर्ष २०८१।८२ को वार्षिक मौद्रिक नीतिको तयारीमा जुटेको छ।केन्द्रीय बैंकले चालु आर्थिक वर्ष सकिन १ महिना केही दिन बाँकी रहँदा आगामी आर्थिक वर्षको वार्षिक मौद्रिक नीतिको तयारीमा जुटेको हो। यसका लागि बैंकले सरोकारवाला निकायहरुसँग राय–सुझाव मागेको छ।

राष्ट्र बैंकले आउँदो असार १६ गतेसम्म राय–सुझाव पठाउन सरोकारवालालाई समय दिएको छ। उक्त समयावधिभित्र राष्ट्र बैंकको आर्थिक अनुसन्धान विभागमा फ्क्यास वा ई–मेलमा सुझाव पठाउन सकिने व्यवस्था राष्ट्र बैंकले गरेको छ।