प्राइम कमर्सियल बैंकको दुई नयाँ एक्सटेन्सन काउन्टर विस्तार


Capital Headline
प्रकाशित मिति : सोमबार, जेष्ठ २८ २०८१
1.8K
SHARES

२८ जेठ काठमाडौं । प्राइम कमर्सियल बैंकले दुई नयाँ एक्सटेन्सन काउन्टर विस्तार गरेको छ । बैंकले जेठ २५ र २७ गते दुई काउन्टरहरु विस्तार गरेको हो । जेठ २५ गते गोकर्णेश्वर नगरपालिकाको हनुमान चोकमा स्थानीय उद्योगी, व्यवशायी, समाजसेवी तथा विभिन्न पेशाकर्मीहरुको उपस्थितिमा गोकर्णेश्वर नगरपालिका वडा नम्वर ४, का वडाअध्यक्ष जय राम महतले गोकर्णेश्वर एक्सटेन्सन काउन्टरको समुद्घाटन गरेका थिए ।

त्यस्तै, बैंकले २७ गते आइतबार कागेश्वरी मनोहरा नगरपालिका वडा नम्वर ३, भद्रवासमा पनि एक्सटेन्सन काउन्टरको शुभारम्भ गरेको छ । उक्त एक्सटेन्सन काउन्टरको समुदघाटन वडा नम्वर ३ का वडाअध्यक्ष राममणि पुडासैनीले स्थानीय उद्योगी, ब्यवसायी, समाजसेवी तथा विभिन्न पेशाकर्मीको उपस्थितीमा गरेको हो ।

सो सामारोहमा बैकका प्रमुख कार्यकारी अधिकृत संजिव मानन्धरले आफ्ना ग्राहकहरुलाई थप चुस्त, प्रविधिमैत्री र गुणस्तरीय सेवा प्रदान गर्ने प्रतिबद्धता जनाए । नयाँ २ एक्सटेन्सन काउन्टर सहित बैंकको शाखा संख्या १८९ र एक्सटेन्सन काउन्टर संख्या ५ पुगेको छ ।