चट्याङ लागेर बर्दियामा एकको मृत्यु


Capital Headline
प्रकाशित मिति : सोमबार, असार ११ २०८१
2.3K
SHARES

१० असार रुपन्देही । बर्दियामा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ । गेरुवा गाउँपालिका-३ गणेशपुरस्थित खेत जोतिरहेका समयमा चट्याङ लाग्दा रोहित थारु घाइते भएका थिए ।

घाइते थारुको प्राथमिक स्वास्थ्य केन्द्र राजापुरमा उपचारका क्रममा सोमबार मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायब उपरीक्षक तुल्सीराम अर्यालले जानकारी दिए ।