राजेशपायल राईलाई अत्यधिक मदिरा सेवन गरेको भन्दै फ्लाइ दुबईले रोक्यो


Capital Headline
प्रकाशित मिति : बिहिबार, असार १४ २०८१
3.2K
SHARES

१३ असार काठमाडौं । गायक राजेशपायल राईलाई मदिरा सेवन गरेको भन्दै एयरलाइन्सले पूर्वनिर्धारित फ्लाइटमा यात्रा गर्न रोक लगाएको छ । आज दिउँसो १२ बजे फ्लाई दुबईको विमानमार्फत दुबई जान लागेका उनलाई एयरलाइन्स कम्पनीले केही समय ‘होल्ड’ गराएको हो ।

“उहाँ (राजेशपायल राई)ले धेरै न मदिरा सेवन गरेको पाइयो । त्यसैले फ्लाई दुबईले केही समय बसेर अर्को फ्लाइटमा जान भनेको छ,” त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल प्रहरी स्रोतले  भन्यो, “१२ बजेको फ्लाइटमा जानुपर्नेमा अब उहाँ अर्को फ्लाइटमा जानुहुनेछ ।” मदिरा सेवन गरेर होहल्ला गरेको आरोपमा केही समयअघि उनी मध्यरातमा काठमाडौंबाट पक्राउ परेका थिए ।