इन्डोनेसियाकी जाहराले जितिन् ‘मिस सुप्रानेसनल नेपाल २०२४’ को उपाधि


Capital Headline
प्रकाशित मिति : आइतबार, असार २४ २०८१
2.9K
SHARES

२३ असार काठमाडौं । ‘मिस सुप्रानेसनल नेपाल २०२४’ को उपाधि इन्डोनेसियाकी हर्रास्टा हाइफा जाहराले जितेकी छिन्। शनिबार राति भएको पोल्यान्डमा भएको फिनालेमा उनले ताज पहिरिएकी हुन्।

२० वर्षीय जाहराले ६७ अन्य प्रतिस्पर्धीलाई पछि पार्दै यस वर्षको मिस सुप्रानेसनलकी विजेता बनेकी हुन्। जाहरा मिस सुप्रानेसनल ताज जित्ने इन्डोनेसियाकी पहिलो प्रतिस्पर्धी हुन्। ‘यो अझै अवास्तविक लागिरहेको छ। यो एक धेरै विशेष वर्ष हुन गइरहेको छ। र, मेरो हृदय गर्वले भरिएको छ’, ताज लगाएपछि जाहराले भनिन्।

त्यसैगरी, अमेरिकाकी जेन्न डिस्कट्रा फस्ट रनरअप हुँदा चेक रिपब्लिककी जस्टिना जेनडिकोभा सेकेन्ड रनरअप भइन्।  मिस सुप्रानेसनलको १५औँ संस्करणमा नेपालकी सजिना खनालले पनि सहभागिता जनाएकी थिइन्।