प्रधानमन्त्रीले दिए राजीनामा


Capital Headline
प्रकाशित मिति : सोमबार, असार २५ २०८१
8.6K
SHARES

२४ असार पेरिस । फ्रान्समा चुनावी परिणामपछि उत्पन्न गतिरोधबिच प्रधानमन्त्री ग्याब्रियल एटलले राजीनामा दिएका छन् । राष्ट्रपति इमानुएल म्याक्रोँले एटलको राजीनामा अस्वीकार गरेका छन् ।

म्याक्रोँले उनलाई प्रधानमन्त्री रहिरहन आग्रह गरेका छन् । देशको स्थायित्वका लागि एटल प्रधानमन्त्री रहिरहन आवश्यक रहेको उनको भनाइ छ । फ्रान्सको आम निर्वाचनमा म्याक्रोँको पार्टी दोस्रो स्थानमा आएपछि एटलले राजीनामा पेश गरेका थिए ।