चितवनमा पहिरोले २ वटा यात्रुबस बगायो


Capital Headline
प्रकाशित मिति : शुक्रबार, असार २९ २०८१
2.8K
SHARES

२८ असार चितवन । भरतपुर महानगरपालिका-२९ सिमलतालबाट दुईवटा यात्रुबाहक बस पहिरोले बगाएको छ । सडकमाथिबाट खसेको पहिरोले आज बिहान करिब साढे ३ बजे ती बस बगाएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।

बसमा कति यात्रु थिए भन्ने खुलेको छैन । तर, ३ जना यात्रु भने बाहिर निस्किन सफल भएको डीएसपी भेषराज रिजालले जानकारी दिए । उनका अनुसार घटनास्थलमा प्रहरी पुगिसकेको छ । पानी परिरहेकोले उद्धारमा भने समस्या भएको छ । तीनजना बाहिर निस्किएको बस काठमाडौंबाट गौरतर्फ जाँदै गरेक‍ो यात्रुबाहक बस रहेको जनाइएको छ ।

त्यसैगरी सत्रकिलोमा माथिबाट खसेको ढुङगा लागेर अर्को यात्रुबाहक बसको चालकको मृत्यु भएको जनाइएको छ । बुटवलबाट काठमाडौं जाँदै गरेको लु २ ख ६५६६ नम्बरको बसका चालक मेघनाथ विक गम्भीर घाइते भएकोमा उपचारको क्रममा मृत्यु भएका डीएसपी रिजालले जानकारी दिए ।

अहिले जिल्ला प्रहरी कार्यालय चितवनको प्रहरी उपरीक्षक भावेश रिजालको टोली तथा सशस्त्र प्रहरी पनि घटनास्थलमा खटिएको छ ।