चितवनबाट वीरगन्ज जाँदै गरेको बस बारामा पल्टियो


Capital Headline
प्रकाशित मिति : मंगलबार, साउन १ २०८१
2K
SHARES

१ साउन काठमाडौं । चितवनबाट पर्साको वीरगन्ज जाँदै गरेको बस आज (मंगलबार) बिहान बाराको सिमराजितपुर उपमहानगरपालिकास्थित परवानीपुरमा पल्टिएको छ।

जिल्ला प्रहरी कार्यालय बाराले दिएको प्रारम्भिक जानकारीअनुसार दुर्घटनामा ११ जना घाइते भएका छन्। ना ७ ख ६०७६ नम्बरको बस सिमरा-जितपुर सडकअन्तर्गत परवानीपुरमा पल्टिएको हो।  दुर्घटनाको विस्तृत जानकारी आउन बाँकी छ।