स्थानीय न्युरोड फुटपाथ विस्तारको विरोधमा उत्रिए


Capital Headline
प्रकाशित मिति : शुक्रबार, साउन ४ २०८१
2.5K
SHARES

४ साउन काठमाडौं । न्युरोड फुटपाथ विस्तारमा स्थानीयले विरोध गरेका छन् । काठमाडौैँ महानगरापालिकाले न्युरोड क्षेत्रको फुटपाथ विस्तार कार्य थालेसँगै स्थानीयले पुनः अवरोध गरेका हुन् । स्थानीय विरोधमा उत्रिएपछि अहिले सो क्षेत्रमा उल्लेख्य मात्रामा नेपाल प्रहरी, नगरप्रहरी तैनाथ गरिएको छ ।उच्च अदालतले फुटपाथ विस्तारको बाटो खोलिदिएपछि महानगरपालिकाले बुधबारदेखि पुनः फुटपाथ विस्तारको काम सुरु गरेको थियो । तर स्थानीयको अवरोधसँगै काममा बाधा पुगेको छ ।

यसअघि काठमाडौँ महानगरपालिकाले न्यूरोडमा फुटपाथ विस्तारका लागि सडकको कालोपत्रे समेत भत्काइसकेको अवस्थामा सडक डिभिजन कार्यालयले हस्तक्षेप गरेर सामान जफत गरी महानगरपालिकाले काटेको कालोपत्रे पनि टालेको थियो ।